रेलको ठक्करबाट अमेरिकामा एक नेपाली युवतीको मृत्यु

भक्तपुर न्यूज

२९ असोज २०७७ ६:०८

रेलको ठक्करबाट अमेरिकामा एक नेपाली युवतीको मृत्यु

काठमाडौं । अमेरिकामा दुर्घटनामा परी एक नेपाली युवती ज्यान गएको छ । ज्यान जानेमा सिन्धुपाल्चोक घर भई अमेरिकाको न्युयोर्क बस्ने पारू श्रेष्ठ रहेकी छिन् । उनको रेलको ठक्करबाट मंगलबार बिहान ज्यान गएको हो ।

क्विन्स उडसाइडमा लङ आइल्यान्ड रेल रोडको रेलले ठक्कर दिदा उनको घटनास्थलमै ज्यान गएको त्यहाँको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी ज्यान गुमाएकी युवतीको उनको दाहसंस्कार आउदो शनिवार गरिने जनाइएको छ । एजेन्सी

प्रकाशित मितिः २०७७ असोज २९ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *