६० वर्ष मुनिका एकल महिलालाई पनि भत्ता उपलब्ध गराउन स्थानीय तहलाई गृह मन्त्रालयको निर्देशन
काठमाडौं । सरकारले ६० वर्ष मुनिका एकल महिला र अति अशक्तलाई भत्ता उपलब्ध गराउन स्थानीय तहहरूलाई आग्रह गरेको छ। गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्न भन्दै भत्ता उपलब्ध गराउन स्थानीय तहमा पत्राचार गरेको छ।
केही समयदेखि ६० वर्षमुनिका विधवा र अति अशक्तको भत्ता रोक्का थियो।
विगभाले महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकालाई बुधबार पत्राचार गरेर आर्थिक वर्ष २०७७र०७८ को पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन भनेको हो।
६० वर्ष ननाघेका विधवा एकल महिलालाई मासिक दुई हजार र अति अशक्त अपाङ्गता ख वर्गका परिचय पत्र भएका लाभग्राहीले मासिक एक हजार छ सयका दरले भत्ता पाउँछन्।
प्रकाशित मितिः २०७७ असोज २९ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३