बेल्जियमको जित, इङ्ल्याण्ड स्तब्ध

भक्तपुर न्यूज

२९ असोज २०७७ २:३६

बेल्जियमको जित, इङ्ल्याण्ड स्तब्ध

काठमाडौं।  नेसन्स लिग फुटबलमा इङ्ल्याण्डले डेनमार्कसंग अप्रत्यासीत हार ब्यहोरेको छ । बुधबार भएको खेलमा डेनमार्कले इङ्ल्याण्डलाई १–० ले हराएको हो ।

इङ्ल्याण्डका ह्यारी मागुईरीले सिजनको खराब सूरुवात गर्ने क्रममा ३१ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएका थिए । पहिलो हाफमै १० खेलाडीमा सिमित बनेको इङ्ल्याण्डका रिस जेम्सले समेत अन्तिम समयमा रातो कार्ड पाएका थिए । इङ्ल्याण्ड ९ खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेको थियो ।

खेलको ३५ औं मिनेटमा क्रिस्टियन इरिक्सनले पेनाल्टीमा गोल गर्दै डकमार्कका लागि विजयी गोल गरेका थिए । इङ्ल्याण्ड ७ अंक सहित समूहको तेस्रो स्थानमा रहेको छ । डेनमार्क समान अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।

सोही समूहको अर्को खेलमा बेल्जियमले आइसल्याण्डलाई २–१ ले हरायो । रोमेलु लुकाकुले दुई गोल गरेपछि बेल्जियमले आइसल्याण्डविरुद्ध जित निकाल्न सफल रह्यो ।

खेलको नवौं मिनेटमा लुकाकुले बेल्जियमलाई अग्रता दिलाएका थिए । तर १७ औं मिनेटमा आइसल्याण्डका बिरकिर सवार्सनले बराबरी गोल फर्काए । ३८ औं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै बेल्जियमलाई महत्वपूर्ण तीन अंक दिलाए ।

ग्यारेथ साउथगेट रहेको समूहमा बेल्जियम ९ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ । डेनमार्क दोस्रो र इङ्ल्याण्ड तेस्रोमा छ । अंक विहिन आइसल्याण्ड तालिकाको चौथो स्थानमा छ । एजेन्सी

प्रकाशित मितिः २०७७ असोज २९ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *