रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलको शानदार जित

भक्तपुर न्यूज

२९ असोज २०७७ २:२७

रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलको शानदार जित

काठमाडौं। कप्तान क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण भएपछि उनीबिनै नेसन्स लिग खेलेको पोर्चुगलले स्वीडेनमाथि सहज जित निकालेको छ।

पोर्चुगलको जोस अल्वालड रंगशालामा सम्पन्न खेलमा घरेलु टिमले ३–० को जित हात पार्‍यो । पोर्चुगलको जितमा डियोगो जोटाले दुई तथा बर्नान्डो शिल्वाले एक गोल गरे ।

जोटाले २१औं मिनेटमा दिएको पासलाई सदुपयोग गर्दै शिल्वाले पहिलो गोल गरे । ४४औं मिनेटमा क्यान्सेलोले दिएको पासलाई जोटाले गोलमा बदलेसँगै पोर्चुगल फर्स्ट हाफमै दुई गोलले अघि रह्यो।

दोस्रो हाफमा पनि जोटाले एक गोल थपे । कार्भाल्होले दिएको पासलाई गोलमा परिणत गर्दै जोटाले ७२औं मिनेटमा पोर्चुगललाई ३–० को अवस्थामा पुर्‍याए । त्यसपछि दुवै टोलीबाट कुनै पनि गोल भएन र पोर्चुगलले खेल जित्यो ।

जितसँगै १० अंक बनाएको पोर्चुगल अंकतालिकाको शीर्षस्थानमा छ । समान १० अंक भए पनि फ्रान्स गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । क्रोएसिया तेस्रो स्थानमा रहँदा जितविहिन स्वीडेन पुछारमा छ । एजेन्सी

प्रकाशित मितिः २०७७ असोज २९ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *