विश्‍वमा पछिल्लो २४ घण्टामा तीन लाख ७९ हजार १३९ मा संक्रमण पुष्‍टि

भक्तपुर न्यूज

२९ असोज २०७७ २:२१

विश्‍वमा पछिल्लो २४ घण्टामा तीन लाख ७९ हजार १३९ मा संक्रमण पुष्‍टि

काठमाडौं। विश्‍वमा पछिल्लो २४ घण्टामा थप तीन लाख ७९ हजार १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ। यो अवधिमा छ हजार ६० जनाको मृत्यु भएको वर्ल्डोमिर्टर्सले जनाएको छ।

विश्वमा कुल संक्रमित संख्या तीन करोड ८७ लाख २७ हजार ९५३ पुगेको छ। तीमध्ये हालसम्म १० लाख ९६ हजार ३०० जनाले ज्यान गुमाएका छन्।

विश्‍वमा दुई करोड ९१ लाख १० हजार ९६८ जना संक्रमणमुक्त भएका छन्। अहिले विश्‍वभर सक्रिय संक्रमित ८५ लाख २० हजार ६८५ छन्। तीमध्ये ७० हजार ६५ जना गम्भीर छन्।

प्रकाशित मितिः २०७७ असोज २९ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *