भारतमा संक्रमितको संख्या ७३ लाख ५ हजार ७० पुगे

भक्तपुर न्यूज

२९ असोज २०७७ २:१६

भारतमा संक्रमितको संख्या ७३ लाख ५ हजार ७० पुगे

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ६७ हजार ९८८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७३ लाख ५ हजार ७० पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ६३ लाख ८० हजार ४५६ जना संक्रमणमुक्त भएका छन् । ८ लाख १३ हजार ३०३ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ११ हजार ३११ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ६९४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मितिः २०७७ असोज २९ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *