भक्तपुरमा देखिएका १०२ जना संक्रमित (विवरणसहित)
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भक्तपुर जिल्लामा १०२ जना कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेको छ । तर स्वास्थ्य कार्यालय भक्तपुरले आज भक्तपुरमा १३५ जना संक्रमित भएको बताएको छ ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा आज देखिएका संक्रमितमा चाँगुनारायण नगरपालिकाका ८ जना, भक्तपुर नगरपालिकाका ४० जना, मध्यपुर थिमी नगरपालिकाका ३० जना, सुर्यविनायक नगरपालिकाका ४७ जना तथा अन्य १० जना रहेका छन् ।
योसँगै जिल्ला भित्र कुल ३ हजार ७१३ जना संक्रमित रहेका छन् । यस्तै, जिल्लामा निको हुनेको संख्या १ हजार ९३८ जना रहेका छन् भने सक्रिय संक्रमित १ हजार ७३२ जना रहेका छन् । यस्तै, जिल्लामा १२ जना महिला र ३१ जना पुरुष गरी कूल ४३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
प्रकाशित मितिः २०७७ असोज २८ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४