मन्त्री मण्डलमा हेरफेर यी हुन थपिएका मन्त्रीहरु ( नामावली सहित )

भक्तपुर न्यूज

२८ असोज २०७७ १२:३७

मन्त्री मण्डलमा हेरफेर यी हुन थपिएका मन्त्रीहरु ( नामावली सहित )

काठमाडौं । आज नेपाल सरकारको मन्त्रीहरुको हेरफेर र जिम्मेवारी प्रदान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् ।

पुनर्गठित मन्त्रिमण्डलमा अर्थ मन्त्रालयको जिम्मा विष्णु पौडेललाई दिइएको छ। यसैगरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लिलानाथ श्रेष्ठले पाएका छन्। सहरी विकासमा कृष्ण गोपाल श्रेष्ठलाई ल्याइएको छ। सञ्चार मन्त्रालयको जिम्मा यसअघि बालबालिका मन्त्री रहेका पार्वत गुरुङलाई दिइएको छ।

यसैगरी रक्षा मन्त्रालयको जिम्मा भने प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँ राखेका छन्। यसअघिका रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहने गरी उपप्रधानमन्त्री तोकिएको छ।

यस्तो छ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति

प्रकाशित मितिः २०७७ असोज २८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *