पछिल्लो २४ घण्टामा थप २१७४ जना कोरोना संक्रमित संक्रमणमुक्त

भक्तपुर न्यूज

२८ असोज २०७७ १०:५१

पछिल्लो २४ घण्टामा थप २१७४ जना कोरोना संक्रमित संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ७४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा ८० हजार ९ सय ५४ संक्रमित उपचारपछि निको भएका छन्।

आज मन्त्रालयका अनुसार १३ हजार ९ सय ४७ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १२ लाख २१ हजार ३८ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ४ हजार ६ सय ६६ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३६ हजार ३ सय ६७ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

कुन प्रदेशमा कति डिस्चार्ज
प्रदेश १ – ६९९२
प्रदेश २– १५१३३
बाग्मती प्रदेशमा –३२१२७
गण्डकी प्रदेशमा –४३८०
लुम्बिनी प्रदेशमा –१११०६
कर्णाली प्रदेशमा –३५३६
सुदूरपश्चिम प्रदेशमा ७६८०

प्रकाशित मितिः २०७७ असोज २८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *