भक्तपुरका १०२ सहित उपत्यकामा थपिए १ हजार ४०३ कोरोना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४०३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण देखिएको छ।
योसंगै उपत्यकामा कोराना संक्रमितको संख्या ४१ हजार ७८९ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ३६३७६ जना रहेका छन्। यसमध्ये संस्थागत आइसोलेसनमा १४८१९ जना र होम आइसोलेसनमा २१५४८ जना रहेका छन्। आजको पीसीआर १३९४७ छ।
हाल क्वारेन्टिनमा ४६६६ जना रहेका छन्। त्यस्तै आईसीयूमा उपचाररतको संख्या ३०५ जना भेन्टिलेटरमा ७० जना उपचाररत रहेका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा निको हुनेको संख्या २१७४ जना रहेका छन्। यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ८०९५४ जना पुगेका छन्।
प्रकाशित मितिः २०७७ असोज २८ बुधबार