११ नाल भरुवा बन्दुकसहित बागलुङबाट १० जना पक्राउ

भक्तपुर न्यूज

२८ असोज २०७७ १०:३८

११ नाल भरुवा बन्दुकसहित बागलुङबाट १० जना पक्राउ

बागलुङ । प्रहरीले बागलुङको तमानखोलाबाट ११ नाल भरुवा बन्दुकसहित १० जनालाई पक्राउ गरेको छ। तमानखोला गाउँपालिका–२ बुङखानिमा हातहतियार लुकाएको सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दा विभिन्न सामग्रीसहित हतियार बरामद गरेको हो।

प्रहरीका अनुसार बुङखानि बस्ने वर्ष ६४ को भिम बहादुर कामीको घरबाट २ नाल भरुवा बन्दुक र २ नाल भरुवा बन्दुक बनाउने सामाग्री बरामद भएको छ।

यस्तै, ४१ वर्षीय सुरेश रसाईली, २९ वर्षीय मोति प्रसाद रसाईली, ४६ वर्षीय धन बहादुर छन्त्याल, २१ वर्षीय नकुल रसाईली, २८ वर्षीय तुला सिंह छन्त्याल, वर्ष ३१ को भुपाल छन्त्याल, वर्ष ६६ को गुनबिर छन्त्याल, वर्ष ४५ को जाल बहादुर छन्त्याल, र वर्ष ६० को भान बहादुर रसाईलिको घरबाट १/१ नाल भरुवा बन्दुक बरामद गरेको जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मितिः २०७७ असोज २८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *