कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ३० वर्षपछि पक्राउ
काठमाडौं । कर्तव्य ज्यान मुद्दामा अदालतले १० वर्ष सजाय सुनाएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। तीस वर्षदेखि फरार रहेका अभियुक्त बारा सिम्रौनगढ नगरपालिका-७ का श्यामकिशोरप्रसाद कुशवाहलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले बुधबार पक्राउ गरेको हो। उनलाई नेपाल-भारत सिमाक्षेत्र सिम्रौनगढ-२ बाट पक्राउ गरिएको प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले बताए।
सोही नगरपालिका-६ का जयमंगल प्रसादको २०४४ साल असोज १२ गते हत्या भएको थियो। सो हत्यामा बारा जिल्ला अदालतले २०४७ साल असोज २८ गते कुशवाहलाई १० वर्ष कैद सजाय सुनाएको थियो।
प्रकाशित मितिः २०७७ असोज २८ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
३१ असार २०८२ १२:१५