सूर्यविनायकस्थित वीरदल गणमा एक सैनिक जवान मृत भेटिए

भक्तपुर न्यूज

२८ असोज २०७७ १०:१०

सूर्यविनायकस्थित वीरदल गणमा एक सैनिक जवान मृत भेटिए

भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित वीरदल गणमा एक सैनिक जवान मृत अवस्थामा फेला परेका छन् । काठमाडौं दक्षिणकाली नगरपालिका–६ घर भएका २१ वर्षीय अनुज केसी झुन्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।

आज बिहान ड्युटीको समयमा उनी नआएपछि खोजी गर्दा व्यारेकको कम्पाउण्डभित्र रहेको बाथरुममा उनी झुन्डिएको अवस्थामा फेला परेको वृत्तले जनाएको छ ।

गए राति १ बजेर ५५ मिनेटमा परिवारका सदस्यलाई मोबाइलबाट सन्देश पठाई उनले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मृतकको शव दुवाकोटस्थित केएमसी अस्पतालमा पोस्ट्मार्टम गरिसकेपछि परिवारले शव बुझिसकेका छन् ।

प्रकाशित मितिः २०७७ असोज २८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *