गाडीको ठक्करबाट ६५ वर्षीय पुरुषको मृत्यु

भक्तपुर न्यूज

२८ असोज २०७७ ८:५९

गाडीको ठक्करबाट ६५ वर्षीय पुरुषको मृत्यु

उदयपुर। त्रियुगा नगरपालिका-३, बसपार्क नजिक सडकमा प्रदेश १–०२–००१ ज ३८७७ नम्बरको गाडीको ठक्करबाट हाल पहिचान नखुलेका करिब ६५ वर्षीय पुरुषको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गाईघाट हुँदै नोबेल अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो।

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मितिः २०७७ असोज २८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *