केसीलाई अनशनस्थल सार्न प्रहरीकाे दबाव

भक्तपुर न्यूज

२५ कार्तिक २०७६ ५:४६

केसीलाई अनशनस्थल सार्न  प्रहरीकाे दबाव

डडेल्धुरा । डडेल्धुरामा अनशनरत डा गोविन्द केसीलाई अनशनस्थल सार्न प्रहरीले दबाव दिएको छ। तर, समर्थकले नसार्न आग्रह गरेपछि केसी उपचाररत डडेल्धुरा अस्पतालमा तनाव भएको छ ।

अनशनस्थलमा रहेका डा। केसीका भाइ किशोरका अनुसार आज बिहानैदेखि प्रहरीले केसीलाई अनशन छोडाएर लैजान दबाव दिएका छन् । प्रहरीले केसीलाई अनशनस्थल छाड्न दबाव दिएपछि केसीका समर्थकले भने त्यसो नगर्न प्रहरीसँग आग्रह गरिरहेका छन् ।

केसीको पिसाबबाट प्रोटिन गएकाले मिर्गौलामा असर पर्ने भन्दै डडेल्धुरा अस्पतालले हिजैबाट डाक्टर केसीको उपचार गर्न नसक्ने जनाएको छ। अस्पतालले केसीको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको भनी जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य मन्त्रालय लगायतका सरकारी निकायलाई लिखित जानकारी दिइसकेको छ।

केसीको रक्तचाप र मुटुको धड्कन अनियमित भएकाले सुविधासम्मपन्न अस्पतालमा उपचार गराउनुपर्ने अस्पतालको भनाइ छ ।

प्रकाशित मितिः २०७६ कार्तिक २५ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *