गणेशमान सिंहको १०५ औं जन्मजयन्ती आज मनाइँदै

भक्तपुर न्यूज

२४ कार्तिक २०७६ ४:५७

गणेशमान सिंहको १०५ औं जन्मजयन्ती आज मनाइँदै

भक्तपुर । नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता एवं सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०५ औं जन्मजयन्ती आज आइतबार मनाइँदैछ । सि‌ंहको सम्झनामा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।

सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होमेका थिए । राणा शासनको अन्त्यका लागि पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका सिंह प्रजातन्त्रको पुनर्वहालीका लागि २०४६ सालमा भएको जनआन्दोलनको कमाण्डर थिए । उनी २०१४ सालको सत्याग्रह, २०१५ सालको संसदीय चुनाव र सरकार गठन तथा २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रमाथि गरेको कू पछि पनि विपी कोइरालासँगै थिए ।

विपरित धारमा रहेका कम्युनिष्टहरुसँग कार्यगत एकता गर्दै २०४६ सालको आन्दोलनको नेतृत्व गरेका गणेशमान सिंहलाई सर्वमान्य नेता र लौह पुरुषका रुपमा पनि चिनिन्छ ।

सुब्बा ज्ञानमान सिंह र सुभद्रा कुमारीका जेठो छोराको रुपमा वि।सं। १९७२ साल कात्तिक २४ गते काठमाडौंको चाक्सिबारीमा जन्मिएका सिंहको निधन २०५४ असोज २ गते भएको थियो ।

प्रकाशित मितिः २०७६ कार्तिक २४ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *