सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु

भक्तपुर न्यूज

२० कार्तिक २०७६ ६:१३

सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु

अर्घाखाँची । सन्धिखर्कको नरपानीमा आज बिहान कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार आज बिहान ९ बजेतिर गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घटना हुँदा २ जना पुरुष १ जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्न बाँकी छ ।

यस्तै, घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।

प्रकाशित मितिः २०७६ कार्तिक २० बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *