सासंद डेराबाट दिउँसै चोरी
काठमाडौं । सासंद राजेन्द्र गौतमको काठमाडौंस्थित डेराबाट दिउँसै चोरी भएको छ । संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गौतमको काठमाडौं महानगरपालिका– १० देवीनगरस्थित डेराबाट हिजो दिउँसो चोरी भएको हो ।
आफू सिंहदरबार गएको र पत्नी कार्यालय गएको बेला घरको मूल ढोकाको ताल्चा फुटाएर नगद तथा गरगहना चोरी भएको गौतमले बताए । दिउँसो दुईदेखि चार बजेको बीचमा चोरी भएको गौतमको भनाइ छ ।
नेकपाका केन्द्रीय सदस्य एवम् प्रेस संगठनको इञ्चार्ज समेत रहेका गौतमका अनुसार अढाइ तोला सुनका गहना, चाँदीको थाली र १ लाख ५ हजार नगद चोरी भएको छ । चोरी भएको जानकारी प्रहरीलाई गराएपछि केन्द्रीय अनुसन्धान व्यूरो सीआईबी र नयाँबानेश्वर प्रहरी प्रमुखसहितको टोली गौतमको डेरामा पुगेका थिए । प्रहरीले चोरमा संलग्न कसैलाई पनि पक्रेको छैन । यद्यपि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७६ कार्तिक १५ शुक्रबार