भक्तपुरमा साँस्कृतिक गुरुहरूलाई सम्मान

भक्तपुर न्यूज

१२ कार्तिक २०७६ ८:३४

भक्तपुरमा साँस्कृतिक गुरुहरूलाई सम्मान

भक्तपुर । भक्तपुर नगरपालिकाले साँस्कृतिक गुरुहरूलाई सम्मान तथा शुभकामना आदान प्रदान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका नारायणमान बिजुक्छेंले पुर्खाले छोडेको संस्कृति र सम्पदा जगेर्ना मानव सभ्यताको विकास थाहा पाउन महत्वपूर्ण भएको बताए । उनले नगर र गाउँबीचको भिन्नताबारे समेत प्रस्ट पार्दै सम्पदा क्षेत्रभित्रका आवास पुनःनिर्माण संवेदनशील र चुनौतीपूर्ण भएको बताए ।

भारतको रामायण र महाभारत काल्पनिक महत्व बोकेको काब्यिक साहित्य हो भन्दै बिजुक्छेँले समाजको वास्तविक घटना चित्रण गरी समाजमा भएको स्वार्थ भावना घटाउन त्यस्ता साहित्यले भूमिका खेलेको प्रस्ट पारे ।

नेपाल मजदुर किसान पार्टी सचिव एवम् संघीय प्रेम सुवाल,भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधान लगाएतले कार्यक्रममा आफ्नो मन्तब्य राखेका थिए ।  कार्यक्रममा बिजुक्छेंले सांस्कृतिक गुरुहरूलाई नगद सहित सम्मान पत्र प्रदान गरेका थिए भने सुवालले बृत्तचित्र प्रतियोगितामा पुरस्कृत समूह —व्यक्तिहरूलाई पुरस्कार वितरण गरेका थिए ।

भक्तपुर नगरपालिका वडा नं १ देखि १० का २० जना देवी प्याखं, बाँसुरी बाजा, हार्मोनियम, पछिमा र तवला, धिमेबाजा गुरु, प्वङा बाँसुरी, लाला खिं, पछिमाय र भजन पछिम्या, दाफा भजनलगातका विविध विधाका सांस्कृतिक गुरुहरू सम्मानित भएका थिए । सम्मानित हुनेमा भक्तपुर नपा वडा नं १ का कृष्णलाल दुवाल र विकु बहादुर सुवाल, भक्तपुर नपा वडा नं २ का राम चन्द्र खर्बुजा र कृष्ण भक्त कोजु, वडा नं ३ का सुन कुमार त्वायना र रत्नभक्त चौगुठी, भक्तपुर नपा वडा नं ४ का श्री राम प्रसाद किजु र सूर्यभक्त सुवाल, वडा नं ५ का तुल्सी लाल दनेखु र शेर बहादुर न्हिसुतु, वडा नं ६ का हरिभक्त सुवाल र विष्णुभक्त अवाल, वडा नं ७ का रुद्र बहादुर कवां रकृष्ण भक्त दुवाल, वडा नं ८ का न्हुछे कुमार भैनात्व र विकुराम बोहजु, वडा नं ९ का कृष्णभक्त चुल्हाद्यो र आसकाजी खोजू, भक्तपुर नपा वडा नं १० का ज्ञानभक्त मगजु र जुजु बज्राचार्यलाई नगद रु १५००० सहित कदर पत्र प्रदान गरिएको थियो ।

वृत्तचित्र निर्माण प्रतियोगितामा भक्तपुरः द कल्चरल क्यापिटल अमित बनमाला प्रथम, भक्तपुरको गाथामुग ख्वप मेडिया सर्कलर द्वितीय, बुराँज्या भक्तपुर बचत तथा ऋण सहकारी संस्था० र नेवाः संस्कृति गाथामुग, आयुष रविन्द्र ले सान्त्वना स्थान हासिल गर्नुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *