यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

भक्तपुर न्यूज

१० कार्तिक २०७६ ६:४१

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

भक्तपुर । हिन्दू नेपालीको दोस्रो ठूलो पर्व यमपञ्चकको दोस्रो दिन, आज कुकुर तिहार । कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिइ पूजा गरेर कुकुर तिहार मनाइन्छ ।

कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ । यही विश्वासका आधारमा कुकुर तिहार मनाइएको हो ।

वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेको सङ्ख्यासमेत बढ्न थालेको छ ।

आजका दिन पाप नास गर्न तथा नरकलाई खुशी पार्न नर्के नुहाउने चलन छ । नुहाइसकेपछि दीपदान गर्ने तथा आलसको बोट बालेर आगो ताप्ने प्रचलन छ । यसो गर्दा स्वर्ग गइन्छ भन्ने विश्वास छ ।

प्रकाशित मितिः २०७६ कार्तिक १० आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *