साझा पार्टीले कास्की–२ मा रजनी केसीलाई उम्मेदवार तोक्यो

भक्तपुर न्यूज

६ कार्तिक २०७६ १०:१५

साझा पार्टीले कास्की–२ मा रजनी केसीलाई उम्मेदवार तोक्यो

पोखरा । साझा पार्टीले मंसीर १४ गते हुने उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पोखरामा बुधबार सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठकले केन्द्रीय सदस्यसमेत रहेकी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका संयोजक रवीन्द्र मिश्रले जानकारी दिए । जिल्ला र क्षेत्रीय समितिको सिफारिसअनुसार केसीलाई उम्मेदवार चयन गरिएको उनले बताए ।

रजनी लामो समय नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील केसी २८ भदौमा साझा पार्टीमा प्रवेश गरेकी थिइन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की २ रिक्त छ ।

प्रकाशित मितिः २०७६ कार्तिक ६ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *