उकालो लाग्यो सुनको मूल्य

भक्तपुर न्यूज

६ कार्तिक २०७६ ५:४३

उकालो लाग्यो सुनको मूल्य

काठमाडौं । आज सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ । मंगलबारको तुलनामा बुधबार बजारमा सुन २ सय रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सयले बढेर ७० हजार ४ सय रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । केही दिनदेखि स्थिर रहेको चाँदी आज पनि स्थिर रहँदै प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मितिः २०७६ कार्तिक ६ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *