भक्तपुरमा निर्माण सामाग्री ढुवानी गर्दा ठग्ने ३४ सवारी प्रहरी नियन्त्रणमा
भक्तपुर । भक्तपुरमा सवारी साधनको मापदण्ड घटाएर ढुवानी गर्ने ३४ सवारी कारवाहीमा परेका छन् । ढुवानी गर्ने सवारी साधनहरुले ढालाको स्वरुप बिगरेर कम परिमाणमा निर्माण सामाग्री बिक्रि बितरण गर्ने उक्त सवारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको भक्तपुर प्रहरी परिसले जनाएको छ ।
यसरी नियन्त्रणमा लिएका सवारी चालक र सामाग्री बिक्रि बितरण गर्नेलाई भने नियन्त्रण लिएको छैन । गत सनिवार जगाती बृतबाट १२, थिमि बृत बाट १३ र परिसर भक्तपुरबाट खटिएको टोलीले बाटोमा गुड्दै र डिपोबाट नियन्त्रणमा लगिएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता रेवती रमण पोखरेलले जानकारी दिए ।
उनका अनुसार निर्माण सामाग्री मध्य गिट्टी बालुवा, रोडा लगाएतमा ठगी गर्ने गरेको पाइएको छ । १०० क्युफिट निमार्ण सामाग्री बिक्रि गर्दा ८५ ,८० र ७० क्युफिट सम्म मात्रको परिमाण हुने गरेको छ । सोझै उपभोक्ता ठगी गर्ने उदेश्यले सञ्चालनमा रहेको यस्ता सवारी साधानहरुलाई नियन्त्रणमा लिएर ठगी मुद्दामा सवारीचालक र ब्यवासायिलाइ कारवाहीको प्रक्रिया अघि बढाउने समेत उनले जानकारी दिए ।
उपत्यका यसरी ठगी गरेको आरोपमा झन्डै दुइ दर्जन सवारी साधान नियन्त्रणमा लिएर कानुन अनुसार कारवाहीको पक्रिया अघि बढाइसकेको छ । तर भक्तपुरमा भने सवारी साधन मात्र नियन्त्रणमा लिएर राखेको छ । यसरी नियन्त्रणमा लिएका सवारी साधनका सवारी चालक र ब्यवासायीलाइ भने नियन्त्रणमा लिएको छैन ।
प्रहरी परिसर भक्तपुरका प्रमुख सबिन प्रधान भन्छन्, नियन्त्रणमा रहेका सवारी साधनको क्षमताका बारे सम्बन्धित कम्पनीमा जानकारी लिने काम भइरहेको छ । सवारी साधन तोडमोड गरेर सञ्चालनमा आएका सवारी साधनलाई प्रचलित नियम अनुसार कारवाही गरिने उनले बताए ।
प्रकाशित मितिः २०७६ कार्तिक ६ बुधबार