नेप्सेमा सामान्य बृद्धि

भक्तपुर न्यूज

३० असोज २०७६ १०:४६

नेप्सेमा सामान्य बृद्धि

काठमाडौं ।  नेप्से साताको अन्तिम कारोवार दिन आज बिहिबार शुन्य दसमलव ७१ अंकले बढेर ११ सय ३७ दसमलव ७५ बिन्दुमा चढ्दा सेन्सिटिभ शुन्य दसमलव ५४ अंकले बढेर दुई सय ४९ दसमलव १२ बिन्दुमा चढेको छ ।

एक सय ६० कम्पनीहरुको तीन हजार पाँच सय ७८ वटा कारोवारमा नौ लाख ९८ हजार कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम १८ करोड २९ लाख ९४ हजार नौ सय पाँच रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज ११ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको सुचक घट्दा सात वटा समुहको सुचक बढेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव ७५ अंकले बढेर एक हजार ४४ दसमलव ७९ बिन्दुमा चढ्दा जलबिद्युत समुहको सुचक तीन

दसमलव ७९ अंकले बढेर नौ सय ४५ दसमलव ८३ बिन्दुमा चढेको छ । निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स, लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचक समेत आज बढेकाछन ।

बिकास बैंक समुहको सुचक भने आज १० दसमलव १३ अंकले घटेर एक हजरा पाँच सय ५६ दसमलव ७९ बिन्दुमा झरेको छ । होटल, उत्पादमुलक र अन्य समुहको सुचक पनि घटेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको सानिमा इक्विटी फण्डको प्रतियुनिट सेयर मुल्य आठ रुपैयाँले बडेर नौ रुपैयाँ ३१ पैसामा कारोवार भएको छ भने गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको महुली लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य छ रुपैयाँ २५ पैसाले घटेर आठ सय ७० रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको प्रभु बैंकको प्रतिकित्ता दुई सय ६५ रुपैयाँ अन्तिम मुल्यमा एक करोड ९९ लाख ९८ हजार आठ सय ४९ रुपैयाँको कारोवार भएको छ ।

प्रकाशित मितिः २०७६ असोज ३० बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *