विवेकशील नेपाली दलको अध्यक्षमा पाण्डे
काठमाडौं । विवेकशील नेपाली दलको अध्यक्ष मिलन पाण्डे निर्वाचित भएका छन् । विवेकशीलको जनकपुरमा मंगलबारदेखि सुरु भएको राष्ट्रिय सम्मेलनले अध्यक्षका अर्का प्रत्यासी शिव थापालाई पराजित गर्दै पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् ।
मंगलबार सम्पन्न दलको निर्वाचनमा पाण्डे ५८ प्रतिशत मत पाएर विजयी भएका हुन् । करिव ५ प्रतिशत मत नो भोटमा खसेको छ भने बाँकी शिवप्रसाद थापाले पाएका छन् ।महासचिवमा निर्देश सिलवाल र नीति सचिवमा सञ्जीव भट्टराई निर्वाचित भएका छन् । उपाध्यक्ष, व्यवस्थापन सचिव र कोषाध्यक्षको चुनाव आज हुँदैछ ।
विवेकशीलको कार्यसमिति ९९ सदस्यीय भए पनि जनकपुर सम्मेलनबाट भने २२ सदस्यीय समिति चयन हुनेछ ।सात प्रदेशबाट पाँच जनाका दरले सदस्यहरु आउँछन् । पार्टीको राष्ट्रिय सम्मेलन जनकपुरमा मंगलबारदेखि सुरु राष्ट्रिय सम्मेलन कात्तिक २ गतेसम्म चल्नेछ ।
प्रकाशित मितिः २०७६ असोज २९ बुधबार