विश्व विजेता फ्रान्स बराबरीमा रोकियो

भक्तपुर न्यूज

२८ असोज २०७६ ६:०१

विश्व विजेता फ्रान्स बराबरीमा रोकियो

काठमाडौं । सन् २०२० मा आयोजना हुने युरोकप छनोटमा विश्व विजेता फ्रान्स बराबरीमा रोकिएको छ । समूह चरणको खेल अन्तर्गत सोमबार राति फ्रान्सले टर्कीसँग १-१ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा फ्रान्सले बराबरी खेलेको हो । खेलको ७६ औं मिनेटमा ओलिभर जेरुडले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । तर, खेलको ८२ औं मिनेटमा कान यहानले गोल गर्दै टर्कीलाई हारबाट जोगाए ।

टर्कीसँग बराबरीमा रोकिएसँगै फ्रान्सको युरोकप छनोट लम्बिएको छ । समूह एच मा रहेको फ्रान्सले ८ खेलमा १९ अंक जोडेको छ । फ्रान्स समूहको दोस्रो स्थानमा छ । ८ खेलमा १९ अंक जोडेको टर्की भने शीर्ष स्थानमा छ । एजेन्सी

प्रकाशित मितिः २०७६ असोज २८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *