बढ्यो सुनचाँदीको मूल्य

भक्तपुर न्यूज

२८ असोज २०७६ ५:३२

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार बजारमा सुन ७ सय र चाँदी १५ रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज पनि चाँदी १५ रुपैयाँले बढेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मितिः २०७६ असोज २८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *