ग्यास सिलिण्डर पड्किँदा १० जनाको मृत्यु

भक्तपुर न्यूज

२७ असोज २०७६ ५:२७

ग्यास सिलिण्डर पड्किँदा १० जनाको मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशमा ग्यास सिलिण्डर पड्किँदा १० जनाको मृत्यु भएको छ भने दुईतले घर भत्किँदा एक दर्जन भन्दा धेरै मानिसहरु पुरिएका छन् । १५ जना भन्दा धेरै घाइते भएका छन् ।

मोहम्दाबादको बलिदपुर गाउँमा यो विष्फोट भएको हो । प्राप्त जानकारीका अनुसार एक घरमा रसोई ग्यासको सिलिण्डर विष्फोट भयो जसकारण दुईतले भवन भत्कियो ।

अचानक भएको यो घटनामा परिवारका सबै सदस्यको मृत्यु भएको बताइएको छ । भवन भत्किँदा च्यापिएका मानिसहरुलाई निकाल्ने प्रयास भइरहेको छ । ठूलो संख्यामा प्रहरी खटिएका छन् ।

विष्फोट कसरी भयो त्यसको जानकारी प्राप्त भएको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मितिः २०७६ असोज २७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *