जापानमा शक्तिशाली समुद्री आँधी हागिबिसका कारण जनजीवन प्रभावित

भक्तपुर न्यूज

२६ असोज २०७६ ४:४७

जापानमा शक्तिशाली समुद्री आँधी हागिबिसका कारण जनजीवन प्रभावित

काठमाडौं । जापानमा शक्तिशाली समुद्री आँधी हागिबिसका कारण जनजीवन प्रभावित भएको छ । जे हागिबिस आँधी टोकियोबाट दक्षिण–पश्चिममा रहेको इजु प्रायद्विपको भूमिमा ठोक्किएको हो ।

आँधीका कारण मुसलधारे पानी परेको छ भने तीव्र गतिमा हावा चलेको छ । जसका कारण जापानका अधिकांश क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ । हालसम्म आँधीका कारण कम्तिमा पाँचजनाको मृत्यु भएको जनाइएको छ । हागिबिस आँधी पछिल्लो ६० वर्ष यताकै शक्तिशाली र बिनासकारी बन्न सक्ने बताइएको छ ।

हाल हागिबिस आँधी २२५ किलोमिटर प्रति घण्टाको गतिमा जापानको पूर्वी तटीय क्षेत्र तर्फ लागेको छ । आँधीको मार्गमा जापानको मुख्य आवादी क्षेत्र पर्छ । आँधीका कारण दुई लाख ७० हजार भन्दा बढी घरमा विद्युत आपूर्ति बन्द भएको जापानको सञ्चार संस्था एनएचकेले उल्लेख गरेको छ ।

आँधी अति शक्तिशाली रहेकाले ७० लाख मानिसलाई घर छोडेर सुरक्षित स्थानमा जान भनिएको छ । तर हालसम्म सेल्टरहरुमा बस्नेको संख्या ५० हजार मात्रै रहेको जनाइएको छ । टोकियोमा मात्रै आधा मिटरसम्म पानी पर्न सक्ने जापानको मौसम विभागले जनाएको छ । आँधीका कारण हवाई तथा स्थल यातायात सेवा बन्द भएका छन् । एजेन्सी

प्रकाशित मितिः २०७६ असोज २६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *