उत्तर कोरियाले गर्‍यो वानसान तटीय क्षेत्रबाट ब्यालेस्टिक मिसाइल प्रहार

भक्तपुर न्यूज

१५ असोज २०७६ ३:४८

उत्तर कोरियाले गर्‍यो वानसान तटीय क्षेत्रबाट ब्यालेस्टिक मिसाइल प्रहार

काठमाडौं । उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाका अधिकारी बताएका छन् । उत्तर कोरियाले वानसान तटीय क्षेत्रबाट ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाइएको छ ।

सो मिसाइल ४५० किलोमिटरको दूरी तय गरेर सी अफ जापानमा गएर खसेको हो । मिसाइल ९१० किलोमिटर माथिसम्म पुगेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

उत्तर कोरियाले सबमरिनबाट मिसाइल प्रहार गरेको हो । उत्तर कोरियाले परमाणु निशस्त्रीकरण सम्बन्धी अमेरिकासँगको वार्ता आउँदो शुक्रबारदेखि पुनः स्थापित हुने बताएको केही घण्टापछि नै मिसाइल प्रहार गरेको हो । एजेन्सी

प्रकाशित मितिः २०७६ असोज १५ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *