सेक्स भिडियो साथीलाई सेयर गरेको भन्दै प्रेमिको लिंग काट्ने युवतीलाई १३ वर्ष जेल
काठमाडौं । आफुसँगको सेक्स भिडियो साथीलाई सेयर गरेको भन्दै प्रेमिको लिंग काट्ने युवतीलाई अर्जेन्टिनामा १३ वर्ष जेल सजाय सुनाइएको छ। २८ वर्षीय ब्रेन्डा बाराटिनीले यौन सम्पर्ककै क्रममा आफुभन्दा १४ वर्ष जेठा प्रेमी सर्जियो फर्नान्डेजको लिंग काटिदिएकी थिइन्।
प्रहरीले हत्या प्रयाश कसुरमा मुद्धा चलाएको थियो। बाराटिनीले लिंग काटेको स्विकार गरेपनि हत्या गर्ने नियत भने नरहेको दावी गरेकी थिइन्। सन् २०१७ को नोभेम्बर २५ तारिखमा भएको उक्त घटना योजनाबद्ध भएको बाराटिनीले बताएकी छिन्।त्यसका लागि बाराटिनीले प्रेमीसँग हात खुट्टा बाँधेर यौन सम्पर्क गर्ने योजना सुनाएकी थिइन् जसका कारण ती युवतीलाई लिंग काट्न सजिलो भएको थियो।
अदालती सुनुवाईका क्रममा बाराटिनीले फर्नान्डेजले आफुलाई ट्रफीजस्तै व्यवहार गरेको र साथीहरुलाई आफुसँगको सेक्स भिडियो र तस्विरहरु पठाएको बताएकी थिइन्। ‘उसले मलाई यौन साधनका रुपमा लियो। म उसका लागि बेश्याजस्तै भएँ। उसले मेरो गोपनियता ध्वस्त बनायो। मेरो जिवन र करियर नराम्रोसँग बिग्रियो’, ती युवतीले अदालतसमक्ष भनेकी थिइन्। संगितकर्मी रहेका फर्नान्डेजको लिंग छिन्न १० प्रतिशत मात्र बाँकी रहेको थियो।
यसअघि सन् १९९३ मा अर्जेन्टिनामै लोरेना बबिट नाम गरेकी महिलाले किचनमा प्रयोग हुने चक्कूले श्रीमानको लिंग काटेर फ्याँकी दिएकी थिइन्। एजेन्सी