राति युनाइटेडविरुद्ध गोल, बिहान स्कुल !

भक्तपुर न्यूज

९ असोज २०७६ ४:४८

राति युनाइटेडविरुद्ध गोल, बिहान स्कुल !

काठमाडौं । एक महिना अघि १६ वर्षीय लुक म्याथिसन माध्यमिक तहको जीसीएसई नतिजा संकलन गरिरहेका थिए ।

तर, बुधबार राति इंग्ल्याण्डको लिग वान क्लब रोचडेलका डिफेन्डर म्याथिसनले काराबाओ कपमा म्यानचेस्टर युनाइटेडविरुद्ध ओल्ड ट्राफोर्डमा गोल गरे ।

यूवा स्टार म्याथिसनको लागि यो अविस्मरणीय क्षण हो तर उनको उत्सव धेरै लामो समयसम्म टिक्न सकेन । किनकी ऊ बिहिबार बिहान स्कूलमा फर्कनु छ ।

‘मैले त्यसलाई प्रहार गरे । त्यसले नेटको जाली चुम्यो । मैले डेलका समर्थक नजिक गए र घुँडा स्लाइड गरे। मैले सोचे की म पहाडको तल गईरहेको छु । यो विशेष, विशेष क्षण हो,’ म्याथिसनले भने, ‘म भोली स्कुल जाँदैछु । मेरो मनोविज्ञान परिक्षण छ । म त्यसलाई पर्खन चाहन्न । मलाई लाग्दैन कि म आज सुत्नेछु ।’

युनाइटेडविरुद्ध गोल गरेर सनसनी मच्चाएका म्याथिसनलाई फुटबल करियरको भर छैन । त्यसैले म्याथिसन स्कुल फर्कन चाहन्छ ।

‘फुटबल ग्यारेन्टी होईन । के हुन्छ भनेर तपाईंलाई कहिले पनि थाहा हुँदैन। तपाई विश्वको सर्वश्रेष्ठ खेलाडी हुन सक्नुहुन्छ तर जे पनि सम्भव छ,’ म्याथिसन भन्छन् ।

Rochdale's 16-year-old Luke Matheson had a special night on Wednesday at Old Trafford

ट्रिनिटी हाई स्कुलका म्याथिसनको गोलकै कारण रोचडेलले शीर्ष डिभिजन क्लब युनाइटेडविरुद्ध निर्धारित समय १-१ गोलको बराबरी खेलेको थियो । तर, पेनाल्टी सुटआउटमा म्याथिसनको टिम रोचडेल ५-३ ले पराजित भएको थियो ।
तर, म्याथिसनका धेरै साथीहरु युनाइटेडका समर्थक छन् । ऊ भने फरक छन् ।

‘म नर्विचको समर्थक । मेरो बुबा नर्विचबाट हुन्,’ म्याथिसनले भने, ‘मेरो धेरै मिल्ने साथीहरु युनाइटेडका समर्थक छन् । मैले अहिलेसम्म फोन खोलेको छैन । म यसबाट भयभीत छु ।’

म्याथिसनले यस सिजन रोचडेलबाट ७ खेल खेलिसकेका छन् ।

Up popped Matheson at back post in 76th minute to bring the League One side level

एजेन्सी

प्रकाशित मितिः २०७६ असोज ९ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *