लिभरपुल चौंथो चरणमा प्रवेश

भक्तपुर न्यूज

९ असोज २०७६ ४:३८

लिभरपुल चौंथो चरणमा प्रवेश

काठमाडौं । इन्ग्लिश प्रिमियर लिग क्लब लिभरपुल काराबाओ कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा लिग वान क्लब मिल्टन केएनेस डोन्सलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुल चौंथो चरणमा पुगेको हो ।

मिल्टनको मैदानमा लिभरपुललाई जित दिलाउन जेम्स मिल्नर र कि जना होएभरले एक एक गोल गरे । खेलको ४१ औं मिनेटमा मिल्नरले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । मिल्नरले सन् २०१० पछि क्लबका लागि पहिलो गोल गरेका हुन् ।

त्यसपछि खेलको ६९ औं मिनेटमा होएभरले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए । १७ वर्षीय युवा खेलाडी होएभरको यो सिनियर टिमबाट क्लबका लागि पहिलो गोल हो । अब लिभरपुलले चौंथो चरणमा आर्सनलसँग खेल्नेछ । नटिङघम फोरेष्टलाई ५-० गोल अन्तरले पराजित गर्दै आर्सनल यसअघि नै चौंथो चरणमा पुगिसकेको छ । एजेन्सी

प्रकाशित मितिः २०७६ असोज ९ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *