बाटो छेउमा दिसा गर्दै गरेका दुई बालबालिकाको पिटेर हत्या

भक्तपुर न्यूज

९ असोज २०७६ ४:२७

बाटो छेउमा दिसा गर्दै गरेका दुई बालबालिकाको पिटेर हत्या

काठमाडौं । भारत मध्यप्रदेशको शिवपुरी जिल्लामा खुला स्थानमा दिसा गरिरहेका दुई बालबालिकालाई दुईजनाले कुटेर हत्या गरेका छन् । हत्या भएका बालबालिका दलित समुदायका हुन् ।

वाल्मिकी समुदायकी १२ वर्षे रोशनी तथा १० वर्षका अविनाशको हत्या भएको हो । उनीहरुले स्थानीय पञ्चायत भवनको अगाडि सडकमा खुला स्थानमा दिसा गरेका थिए ।

पञ्चायतका हाकिमले उनीहरुलाई सडकमा दिसा नगर्न भनेको र त्यसपछि रामेश्वर यादव नाम गरेका व्यक्तिसँग मिलेर ती बालबालिकालाई कुटपिट गरेको प्रहरीको भनाई छ । प्रहरीले दुवै अभियुक्तलाई पक्राउ गरेको छ ।

हत्या भएका बालबालिका नातामा फूपू भतिज रहेको जनाइएको छ । घटनापछि तनावको अवस्था आएकाले सो क्षेत्रमा प्रहरीको मात्रा बढाइएको छ ।

बिहान ६ बजे दिसा गर्नका लागि निस्किएका आफ्ना सन्तानलाई पञ्चायतका हाकिम र रामेश्वर यादवले मृत्यु नहुँदासम्म कुटेको अविनाशका पिता मनोज वाल्मिकीले बताएका छन् । बालबालिकालाई अभियुक्तले लट्ठीले कुटेका हुन् ।

रोशनी मनोजकी कान्छी बहिनी हुन् । मनोजको घरमा शौचायल बनाउन दिइएको थिएन । त्यसले गर्दा खुला स्थानमा दिसा गर्न बाध्य हुनु परेको मनोजको दाबी छ । आफ्नो घरमा शौचालय बनाउनका लागि पञ्चायतमा पैसा आएको तर उनीहरुले नै शौचालय बनाउन नदिएको मनोजको दाबी छ ।

दुई वर्षपहिले मनोजले घर बनाउनबा लागि सडक छेउको रुखबाट काठ काटेका थिए । त्यसले गर्दा अभियुक्तहरुले आफूसँग दुश्मनी राखेको मनोजको भनाई छ । आफ्नो जमिन भएका मनोजले आफ्नो परिवार ज्याला मजदुरी गरेर पाल्दै आएका छन् । एजेन्सी

प्रकाशित मितिः २०७६ असोज ९ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *