रगत जस्तै रातो देखियो इण्डोनेशियाको आकाश?
काठमाडौं । इण्डोनेशियाको जंगलमा अघिल्लो साता लागेको आगलागीका कारण जाम्बी प्रान्तमा आकाशको रंग रातो भएको छ । जंगलमा लागेको आगोका कारण इण्डोनेशियाको ठूलो क्षेत्र यसअघि देखि नै त्रस्त हुँदै आएको थियो ।
जाम्बी प्राप्तका एक स्थानीय बासिन्दाले रातो रंगमा देखिएको आकाशको तस्बिर लिँदै लेखेका छन्, ‘आगोको धुवाँका कारण मेरो आँखा र घाँटीमा समस्या उत्पन्न भएको छ ।’
हरेक वर्ष जंगलमा लाग्ने गरेको डढेलोका कारण इण्डोनेशियामा धुँवाको एक मुस्लो बन्छ जसले दक्षिण पूर्व एशियाको क्षेत्रमा प्रभाव पार्ने गर्दछ । मौसम विज्ञानका एक विशेषज्ञका अनुसार प्रकाशको किरण बिग्रेपछि आकाश यसरी असामान्य रंगमा बदलिन्छ ।
जाम्बी प्रान्तको मेकरसारी गाउँकी २१ वर्षीया स्थानीय युवतीले रगत जस्तो रातो देखिने आकाशको तस्बिर फेसबुकमा शेयर गरेकी छन् । उनले लेखेकी छन्, ‘त्यस दिन धुवाँ धेरै थियो ।’
उनले बिबिसीसँग भनिन् ‘पहिले धेरै मानिसले यो तस्बिरको वास्तविकतामाथि आशंका जताएका थिए । तर यो तस्बिर र भिडियो मैले आफ्नै मोबाइलबाट कैद गरेकी हुँ ।’
ट्वीटर प्रयोगकर्ता जूनी शोकी यतुन निसाले पनि रातो भएको आकाशको एक भिडियो शेयर गर्दै लेखिन्, ‘यो मार्स होइन, जाम्बी हो, हामीलाई बाँच्नका लागि सफा हावा चाहियो धुवाँ होइन । ’
Ini sore bukan malam. Ini bumi bukan planet mars. Ini jambi bukan di luar angkasa. Ini kami yang bernafas dengan paru-paru, bukannya dengan insang. Kami ini manusia butuh udara yang bersih, bukan penuh asap.
Lokasi : Kumpeh, Muaro Jambi #KabutAsap #KebakaranHutanMakinMenggila pic.twitter.com/ZwGMVhItwi— Zuni Shofi Yatun Nisa (@zunishofiyn) September 21, 2019
इण्डोनेशिया मौसम विज्ञान एजेन्सी बिएमकेजीले सेटेलाइट चित्रणको आधारमा भनेको छ कि जाम्बी क्षेत्रको आसपास एम माटो धुवाँको मुस्लो जमेर बसको छ ।
सिंगापुर विश्वविद्यालयका सामािजक विज्ञान प्रोफेसर कोह टीह योंगले रेले स्कटेरिंगका प्रक्रियाबारे प्रकाश पार्दै भने आकाशको रंग तब बदलिन्छ जब धुवाँमा रहेको केही कण पकाश पर्ने बित्तिकै आफ्नो रंग बदल्छ।
उनले भने, ‘धुवाँमा रहेका अधिकतम कण आकारमा लगभग एक माइक्रोमिटरको हुन्छ, तर यो कणले हामीले देख्ने रोशनीको रंग बदल्दैन ।’
केही कण अझ धेरै साना हुन्छन, लगभग ०.०५ माइक्रोमिटर आकारको या त्यो भन्दा पनि कम, जो धुवाँमा अधिक मात्रामा हुन्छ जो आकाशमा रातो रोशनीलाई अगाडि पछाडि धकेल्छ । र यहि कारण आकाश निलो रंगको तुलनामा अधिक रातो देखिन्छ ।’
उनी अगाडि भन्छन्, ‘यी तस्बिरहरु दिउँसो लिइएका छन् जब सूर्य हाम्रो टाउकोको ठीक माथि हुन्छ त्यतिबेला आकाशको रंग झनै रातो देखिन्छ तर यसले वायुको तापमान बदल्दैन ।
अघिल्ला वर्षहरुभन्दा जंगलमा लागेको डढेलोको धुवाँको कहर यो वर्ष अधिक रह्यो । जसका कारण इण्डोनेशियामा कृषि प्रभावित हुने खतरा बढेको छ ।
इण्डोनेशियाको राष्ट्रिय आपतकाल एजेन्सीका अनुसार चालु वर्षको पहिलो आठ महिनामा करिब ३२८७२४ हेक्टर भूमिमा आगलागी भएको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज ७ मंगलबार