प्रचण्डले मन्त्रिपरिषद पुनर्गठनको विषय नसोध्न आग्रह गरे
काठमाडौं । सुनसरी । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई मन्त्रिपरिषद पुनर्गठनको विषय नसोध्न आग्रह गरेका छन् ।
थारु समुदायको जितिया पर्वमा सहभागी हुन सुनसरी पुगेका प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै मन्त्रिपरिषदको पुनार्गठन गर्ने विषय प्रधानमन्त्रीको निजि निर्णय भएको बताए ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्र र यो संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा रहेको बताए ।
उनले भने, ‘अहिले यो परिवर्तन र प्रणालीलाई खतरा आयो भन्ने सत्य होइन । तर अराजक गतिविधि ठाउँ ठाउँमा बढेको देखियो ।’
उनले यसको प्रतिवाद सबै राजनीतिक दलहरुले र सरकारले गर्नुपर्छ भन्ने संसदमा सहभागी राजनीतिक दलहरुबीच सझदारी भएको पनि बताए । ‘तर यसको अर्थ भौतिक होइन, राजनीतिक र बैचारिक रुपमा त्यो प्रवृतिलाई परास्त गर्नुपर्यो,’ उनले भने ।
प्रचण्डले आर्थिक वृद्धि भइरहेको भएपनि जसरि काम हुनुपर्ने हो त्यसरी काम अगाडी बढ्न नसकेकोमा आफुहरुपनि सन्तुष्ट नरहेको बताउदै यसको समिक्षा भइरहेको बताए ।
प्रकाशित मितिः २०७६ असोज ५ आइतबार