उपनिर्वाचनका लागि २१ राजनीतिक दलले गरे दल दर्ता

भक्तपुर न्यूज

१ असोज २०७६ ६:५८

उपनिर्वाचनका लागि २१ राजनीतिक दलले गरे दल दर्ता

काठमाडौं । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा र समाजवादी पार्टीसहित २१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् ।

उपनिर्वाचनमा भाग लिन चाहने दललाई आयोगमा दर्ताका लागि भदौ मसान्तसम्मको अवधि तोकेकोमा २१ वटा राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएका हुन् ।

आयोगका अनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा र समाजवादी पार्टीले पनि दल दर्ताको निवेदन दिएका छन् । यसैगरी मंगोल नेसनल अर्गनाइजेसन, मुस्कान सेना नेपाल पार्टी, साझा पार्टी, नेपाल परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक, नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त, नेपाल लोकतान्त्रिक पार्टीले दल दर्ताका लागि निवेदन दिएका छन् ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी संयुक्त, खुम्बुवान लोकतान्त्रिक पार्टी, नेपाली कांग्रेस बीपी, ग्रीन पार्टी नेपाल, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी, आमूल परिवर्तन मसिहा पार्टी नेपाल र हाम्रो पार्टी छन् ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा ८० दल र प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ९२ दल दर्ता भएका थिए ।

वि सं २०७४ सालको स्थानीय, प्रदेश र प्रतिनिधि निर्वाचन भएपछि एकीकरण भई वा गाभिई नयाँ नाममा दर्ता भएका दलले उपनिर्वाचनमा भाग लिन दल दर्ता हुनुपर्ने प्रावधान छ तर २०७४ को तीन तहको निर्वाचनमा आयोगमा दर्ता भएका राजनीतिक दलले उपनिर्वाचनका पुनः दर्ता गर्नु पर्दैन ।

प्रकाशित मितिः २०७६ असोज १ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *