भक्तपुरमा मूपात्र जात्रा सुरु

भक्तपुर न्यूज

३१ भदौ २०७६ १०:०३

भक्तपुरमा मूपात्र जात्रा सुरु

भक्तपुर । इन्द्रजात्राको अवसरमा भक्तपुरमा निकालिने प्रसिद्ध परम्परागत मूपात्र जात्रा सुरु भएको छ ।

अन्य जात्राभन्दा पृथक रुपमा मनाइने यो जात्राको छुट्टै राक्षस जात्राकोरुपमा पनि मनाउने गरिन्छ । यो जात्रा प्रत्येक वर्ष आश्विन कृष्ण द्वितीयादेखि चौथीसम्म मनाइने गरिन्छ ।

जात्रामा मूपात्र प्रमुख राक्षस र धिःचा नामका अन्य दुई सहायक राक्षससहित तीनजनालाई राक्षसको भेषमा विभिन्न रङले सिङ्गारपटार गरेर तरबार समात्न लगाई भक्तपुर नगर पूरै परिक्रमा गराउने प्रचलन रहेको छ ।

मूपात्र जात्रा निस्कनुअघि सकुलान टोलका मानन्धरहरुले दत्तात्रयस्थित भीमसेन मन्दिरमा दुईवटा याँमता आकाश दीप बाल्ने गर्दछन् भने याँमता त्रिशूल आकारमा बालिने बत्ती नै याँमता अर्थात आकाश दीप हो । मूपात्रको पहिलो दिन तचपालस्थित सँला गणेशलाई खटमा राखी भक्तपुर शहर परिक्रमा गराइने परम्परा रहेको छ ।

जात्राका क्रममा मूपात्रलाई नगर परिक्रमा गराउँदा टोल टोलमा ठड्याइएको यम्वोद्योलाई मूपात्रले तीनपटक घुमेर तरबारले हान्ने गरिन्छ ।

प्रकाशित मितिः २०७६ भदौ ३१ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *