हङ्‌कङमा प्रदर्शनकारीद्वारा पेट्रोल, बम प्रहा

भक्तपुर न्यूज

३० भदौ २०७६ ५:३२

हङ्‌कङमा प्रदर्शनकारीद्वारा पेट्रोल, बम प्रहा

काठमाडौं । दिनभरि भएको प्रदर्शनपछि आइतबार राति पनि हङ्‌कङमा प्रहरी र प्रदर्शनकारीबिच झडपहरू भएका छन्। दिउँसो लोकतन्त्र पक्षधर र बेइजिङ समर्थक प्रदर्शनकारीबीच नर्थपोइन्टमा हिंसात्मक झडप भएको थियो। उक्त झडपबाट कैयौँ व्यक्ति गम्भीर रूपमा घाइते भएका थिए ।

मध्य हङ्‌कङमा प्रतिबन्धको उल्लङ्घन गर्दै र्‍यालीमा सहभागी भएका दशौँ हजारलाई तितरबितर पार्न प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेका थिए। आन्दोलनकारीहरूले पेट्रोल बम प्रहार गरेका थिए, अवरोधहरू तेर्स्याएका थिए र एउटा रेल्वे स्टेशनमा क्षति पुर्‍याएका थिए।

केही प्रदर्शनकारीले ब्रिटिश कन्सुलेटबाहिर प्रदर्शन गर्दै आफ्नो पूर्वउपनिवेशको रक्षा गर्न माग गरेका थिए। प्रहरी निषेधाज्ञाको उल्लङ्घन गर्दै हजारौं लोकतन्त्र पक्षधर प्रदर्शनकारीले र्‍याली निकालेपछि तनाव उत्पन्न भएको थियो।

बीबीसी समाचारका अनुसार सयौंको सङ्ख्यामा प्रदर्शनकारीले ब्रिटेनको कन्सुलेटबाहिर प्रदर्शन गर्दै संयुक्त अधिराज्यले चीनलाई सन् १९९७ मा हङ्‌कङ हस्तान्तरणका बेलामा प्रतिबद्धता जनाइएका स्वतन्त्रता सुनिश्चित गर्न दबाव दिनुपर्ने माग गरेका थिए। एजेन्सी

प्रकाशित मितिः २०७६ भदौ ३० सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *