भक्तपुरमा पारिवारिक वातावरणका साथ बर्गर/पिज्जा पस्केका छौंः श्रेष्ठ
भक्तपुरमा पहिलो बर्गर हाउस सञ्चालनमा आएको छ । भक्तपुरको ठिमीस्थित् राधे राधे भाटभटेनी भन्दा दुई सय मिटर अघि चक्रवर्ती नर्सिङ कलजसँगै सञ्चालनमा ल्याइएको छ । युवाहरुको सक्रियतामा सञ्चालनमा ल्याइएको ‘द रोयल बर्गर हाउस’ भक्तपुरमा बर्गर/ पिज्जा लगायत बिभिन्न खानाका परिकारहरु उपलब्ध रहेको छ । रोयल बर्गर हाउसको यो पहिलो प्रस्तुती भएता पनि छिट्टै उपत्यका बिभिन्न स्थानमा झण्डै दश शाखा र उपत्यका बाहिर समेत यसको शाखाको बिस्तारको तयारी भईरहेको छ । हाउसलाई सिन्धुपाल्चोकका तीन युवाहरु राकेश श्रेष्ठ, विजय श्रेष्ठ र बीलबहादुर श्रेष्ठले सञ्चालनमा ल्याएका हुन् ।
आधुनिक खानाका पारखीहरुको लागि सञ्चालनमा आएको बर्गर हाउसका तीन सञ्चालक मध्ये राकेश श्रेष्ठसँग भक्तपुरन्युजले गरेको कुराकानीको सारसंक्षेप ।
भक्तपुरमा कुन सोचका साथ द रोयल बर्गर हाउस सञ्चालनमा ल्याउनु भयो ?
– उपत्यकाभित्र भएर पनि भक्तपुरमा बर्गर हाउस नभएको र यहाँ बाट बर्गर पिज्जा लगाएको बिभिन्न खाने कुरो खान काठमाडौंसम्म जानु पर्ने अवस्थालाई नियालेर हामीले द रोयल बर्गर हाउस सञ्चालनमा ल्याएको हौं ।
शुरुवाती अवस्थामा कस्तो अनुभव बटुली रहनु भएको छ ?
– शुरुवाती अवस्थालाई हेर्दा ब्यापार सन्तोषजनक रहेको छ । प्रचारप्रसारको अभाव भएता पनि हामीले सोचे भन्दा बढि उपभोक्ताहरुको आगमनले थप उत्साह थपिदिएको छ ।
कुन उमेर समुहको आगमन अधिक रहन्छ ‘द रोयल बर्गर’ हाउसमा ?
– बिशेषत युवाहरुको आगमन अधिक रहेको छ भने । यो ब्यवसायमा पछिल्लो समय किशोर किशोरीको परिवारसँग आउने वातावरण पनि बन्दै गएको छ । यि दुई समुहलाई मात्र नभएर पारिवारिक वातावरणका साथ बर्गर/पिज्जा लगायत आधुनिक खानाको स्वाद पकने जमर्कोमा छौं ।
कस्तो खालको समस्या भोग्नु परेको छ भक्तपुरमा तपाँईले नयाँ ब्यवसाय सुरुवात गर्दा ?
– भक्तपुरमा यो नयाँ ब्यवसाय भएकाले पनि बिभिन्न खालका समस्याहरु भोग्नु परेको छ । परम्परागत खाजाको तुलनामा आधुनिक खाजा मँहगो हुन्छ भन्ने सोचले पनि केहि अप्ठेरो अवस्था श्रृजना गरेको छ । बिभिन्न क्षेत्रमा देखिएको देखा सिकीको प्रभाव अझै सम्म खानाको क्षेत्रमा नदेखिएको हो कि जस्तो लाग्छ । सबैभन्दा पहिला म के भन्न चाहान्छु भने हरेक क्षेत्रमा अर्थ पहिलो पक्ष हुन्छ, त्यसमा पनि आफूले खाजा खानामा कति सम्म खर्च गर्न सकिन्छ भन्ने पाटो पहिलो हो । हामीकोमा आएर खाजा खाना खाएर हेर्नुहोस तपाँईको आर्थिक गच्छे अनुसारकै छ ।
कति लागतमा यो ब्यवासाय सञ्चालन गर्नु भयो ?
– हामीले साझेदारीमा तीन जना मिलेर बिभिन्न क्षेत्रका युवाहरुको सक्रियतामा ‘द रोयल बर्गर हाउस’ सञ्चालनमा ल्याएको छौ । लागतको कुरो गर्दा तीन जनाको भागमा झन्डै चौध पन्ध्र लाख भाग पर्यो ।
भने पछि तपाँइहरुको लगानी उठाउन कति समय लाग्ला ?
– हामीले यो लगानी दिर्घकालिन स्वरुपमा सोचेर खोलेका हौं । यहाँको बजार अनि उपभोक्ताको माग अनुसार मेल खाएमा हाम्रो लगानी दुई चार बर्षमा उठ्न सक्छ । त्यो भन्दा पनि हामीले आफ्नै पौरखमा बिभिन्न खानाको स्वाद पस्कौं र सानो तिनो रोजगारी समेत उपलब्ध गराउन सकिन्छ भन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याएका हौ ।
हाल तपाँईको यो बर्र्गर हाउसमा कतिले रोजगारी पाइरहेका छन् ?
– शुुरुवाती अवस्थामा हामीले झण्डै दश पन्ध्र जनालाई रोजगार उपलब्ध गराएका छौ । यो भन्दा पनि ती दश पन्ध्र जनाको परिवारलाई जीवन जोहोको वातावरण उपलब्ध गराउन सफल भएका छौं । हाम्रो सोच अनुरुप बर्गर हाउस सञ्चालन भयो भने चार पाँच महिनामा झण्डै दुई तीन सयलाई रोजगारी उपलब्ध गराउन सक्छौ जस्तो लाग्छ ।
तपाँई एक इन्जिनियर मान्छे कसरी यो ब्यवसायमा आर्कषित हुन भयो ?
– पारिवारिक वातावतरण र साथी भाईहरुको ब्यवसाय र बिशेषत दाईको आग्रह अनुसार मैले यो ब्यवसायलाई आत्मसाथ गरेको हुँ । तर मैले आफूले अध्ययन गरेको क्षेत्र इन्जिनियरिङलाई पनि निरन्तरता दिइरहेको छु । जस्तो कि मैले आफै प्रबन्धक निर्देशक भएर सञ्चालन गरिरहेको छु ।
तपाँईको बर्गर हाउसमा उपभोक्ता किन आउने त ?
– समयको परिवर्तनसँगै मान्छेमा समयका अभाव रहेको छ । सँगै ब्यस्तताको बीचमा उसले आफ्नो आहारलाई पनि उत्तिकै प्राथमिकतामा राखेको छ । समयको माग अनि सबै खाजा एकै स्थानमा स्वाद र गुणस्तर सहित उपलब्ध गराउने उद्देश्यका साथ हामीले सञ्चालनमा ल्याएको बर्गर हाउस उपभोक्ताको रोजाईमा पर्ने उद्देश्यका साथ अघि बढेकाले उहाँहरुको आगमन हुन्छ भन्ने लागेको छ ।
अन्त्यमा… ?
– युवाहरुको सक्रियतामा हामीले भक्तपुरमै आधुनिक बर्गर हाउस सञ्चालनमा ल्याएका छौं । उपभोक्ताको सन्तुष्टि नै हाम्रो पहिलो धर्म भएकाले भक्तपुर लगायत उपत्यकाका उपभोक्ताहरुले सेवाको मौका प्रदान गर्नु हुने छ भन्ने बिश्वास लिएका छौं । खानाका पारखीहरुका लागि यो जानकारी मात्र नभएर एक अवसर समेत हो भन्ने हामीलाई लागेको छ । हामीकोमा बर्गर/ पिज्जा मात्र नभएर नेपाली लगायत बिभिन्न देशका खानको स्वाद समेत तपाँइहरुले लिन सक्नु हुने छ । हामीले सञ्चालनमा ल्याएको बर्गर हाउसका बारे केही भए पनि जानकारी दिने मौका प्रदान गरेकोमा भक्तपुरन्युज परिवालाई धन्वाद दिन चाहान्छु ।