टेलिकमले भन्यो-०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनुहोस, नत्र ठगिनुहोला !

भक्तपुर न्यूज

१० मंसिर २०७४ ११:०६

टेलिकमले भन्यो-०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनुहोस, नत्र ठगिनुहोला !

काठमाडौं, १० मंसिर । नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिचित नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ । पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको छ ।
टेलिकमले आफ्ना ग्राहकको नम्बरमै एसएमएस पठाएर सचेत रहन भनेको भनेको हो । टेलिकमकी प्रवक्ता प्रतिभा वैक्षले त्यसत नम्बरबाट चिठ्ठा परेको भन्दै फ्रड कल आउने क्रम बढेपछि ग्राहकलाई सचेत गराइएको बताइन् ।
‘चिठ्ठा परेको प्रलोभनमा पारे नमिल्दा किसिमका नम्बरबाट कल गर्ने र ठग्ने क्रम बढेपछि नेपाल दूरसञ्चार प्राधिकरण्को अनुरोधमा यसो गरिएको हो,’ वैद्यले भनिन् ।
उनले यस्ता फोनहरु कुन रुटबाट आइरहेका छन् भन्ने अनुसन्धान भइरहेको र पटक/पटक एउटै नम्बर प्रयोग गरेर ठगी गर्ने नम्बरलाई ब्लक गर्ने काम पनि सुरु भएको बताइन् ।
पछिल्लो समय विभिन्न अपराधिक समुहले यस्ता नम्बरबाट फोन गरि चिठ्ठा परेको, चिठ्ठा बापतको उपहार लिन केहि पैसा बैंकमा पठाउन लगाउने कार्य बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *