ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुर्इको मृत्यु
इलाम, ६ मंसिर । मेची राजमार्गको फिक्कलमा आज बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुर्इ जनाको मृत्यु भएको छ । झापाबाट इलामतर्फ आइरहेको मे १ ख १९४२ नम्बरको ट्रकले र झापातर्फ गइरहेको ग १२ प ४८३ नम्बरको मोटरसाइकललाई फिक्कलबजारको शिखर होटल अगाडि ठक्कर दिँदा तनहूँ ब्यास नगरपालिका १ का २७ वर्षीय मोटरसाइकल चालक शरद पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी हवल्दार विजय राईले बताए ।
त्यस्तै ठक्करबाट गम्भीर घाइते इलाम देउमाई नगरपालिका– ५ का २५ वर्षीय अस्मिता राईको झापास्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
ट्रक चालक लवाङ्ग लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२३ जेठ २०८२ १२:१९
आज शुक्रबार सुनको मूल्य स्थिर, चाँदीमा ७५ रुपैयाँ वृद्धि
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२३ जेठ २०८२ ९:२२
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
२५ जेठ २०८२ १७:२७