भारतकी मानुषी बनिन् ‘मिस वर्ल्ड २०१७’

भक्तपुर न्यूज

३ मंसिर २०७४ ५:२६

भारतकी मानुषी बनिन् ‘मिस वर्ल्ड २०१७’

एजेन्सी, ३ मंसिर । भारत हरियाणाकी मानुषी छिल्लरले ‘मिस वर्ल्ड २०१७’को उपाधि जितेकी छिन् । चीनको सनायामा हिजो बेलुका भएको मिस वर्ल्डको अन्तिम प्रतिस्पर्धामा विश्वका एक सय ८ देशका सुन्दरीलाई पछि पार्दै भारतकी २० वर्षकी छिल्लरले विश्व सुन्दरीको मुकुट पहिरिएकी हुन् ।
विश्व सुन्दरी बन्ने उनी छैटौं भारतीय सुन्दरी हुन् । पछिल्लो पटक सन् २००० मा भारतकी प्रियंका चोपडा विश्व सुन्दरी भएकी थिइन् । स्वस्थ्य विज्ञानकी विद्यार्थी छिल्लर हेड टु हेथ च्यालेन्ज तथा ब्यूटी विद पर्पसमा पनि अब्बल ठहरिएकी थिइन् ।
त्यस्तै ‘मिस वर्ल्ड २०१७’ को फर्स्ट रनरअप र सेकेन्ड रनरअप क्रमशः मेक्सिकोकी एन्डेरा मिजा र बेलायतकी स्टेफिनी हिल भएका छन् । मिस नेपाल निकिता चान्डक भने टप ४० बाटै बाहिरीएकी थिईन् ।
‘संसारमा सबैभन्दा बढी मुल्य तिर्नुपर्ने काम कुन हो ?’ भन्ने प्रश्नमा टप फाईभ मध्येकी मिस इन्डिया मानुषीले ‘आमाले बच्चाहरु र घरको लागि गर्ने काम’ भनि जवाफ दिएकी थिईन् । उनले यो जवाफ दिईरहदा दर्शकदिर्घामा बसेकी उनकी आमा पनि निकै खुशी देखिएकी थिईन् । उनले आमाको महत्व र महिमाको बारेमा निकै गहकिलो जवाफ प्रस्तुत गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *