‘शेरबहादुर’को आइटम गीत सार्वजनिक (भिडियो)
भक्तपुर, २९ कार्तिक । नेपाल िचलचित्र ‘शेरबहादुर’को आइटम गीत सार्वजनिक भएको छ । चलचित्रको ‘कान्छी मट्याङ्ग ट्याङ्ग’ बोलको गीत सार्वजनिक गरिएको हो । ‘कान्छी मट्याङ्ग ट्याङ्ग’ बोलको गीतमा मेनुका प्रधानले आइटम डान्स गरेकी छिन् भने उनीसँगै कर्माको पनि अभिनय रहेको छ ।
यस गीतमा संगीतकार कोशिश क्षेत्रीकै शब्द, संगीत र स्वर रहेको छ भने मेल भोकल मिना निरौलाको रहेको छ । गीतमा कोरियोग्राफी बसन्त श्रेष्ठको रहेको छ । चलचित्रमा सुनिल थापा, कर्मा, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ । सुनिल थापाले शेरबहादुरको भूमिका निर्वाहा गरेका छन् ।
माघ १९ गतेबाट प्रदर्शनमा आउन लागेको ‘शेरबहादुर’लाई आर राजवंशीले निर्देशन गरेका हुन् ।
https://www.youtube.com/watch?v=1hdduPEDBg4
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:०६
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
३० जेठ २०८२ ८:१७