मुग्लिन–नारायणगढ सडकमा केही दिन गाडी नरोकिने
काठमाडौं, २९ कात्तिक । मुग्लिन–नारायणगढ सडकमा केही दिनका लागि गाडी नरोकिने भएका छन् । अहिले चुनावको लागि पनि गाडीको आहोरदोहोर बढेकाले तत्काल गाडी नरोकिने चितवन ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।
कहिलेसम्म गाडी नरोक्ने भन्ने बारेमा टुंगो भने लाग्न बाँकी रहेको उनले बताए । गएको शनिबार झण्डै १० घण्टा गाडी रोकिँदा सोमबार दिउँसोसम्म नै प्रभाव परेकाले तत्कालका लागि गाडी रोक्दै पठाउने योजना नरहेको उनले बताए ।
गएको शनिबार नारायणगढ मुग्लिन सडकखण्डमा झण्डै गाडी रोकिँदा हजारौं यात्रुले गाडीमै रात बिताएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
