सेवा अवधि संशोधन गर्न लोकसेवाद्वारा अस्वीकार

भक्तपुर न्यूज

२७ कार्तिक २०७४ ०:३०

सेवा अवधि संशोधन गर्न लोकसेवाद्वारा अस्वीकार

काठमाडौं, २७ कात्तिक । लोकसेवा आयोगले राष्ट्र बैंकका कर्मचारीहरुको ३० वर्षे सेवा अवधिको व्यवस्था संशोधन गर्न अस्वीकार गरेको छ । राष्ट्र बैंकले मागेको अनुमतिमा जवाफ पठाउँदै आयोगले अहिलेको व्यवस्था परिवर्तन गर्न अस्वीकार गरेको हो ।

राष्ट्र बैंकले ऐन संशोधन गरी ३० वर्षे सेवा अवधि हटाएर सेवा अवकाश ५८ वर्षे उमेर हदकायम राख्ने गृहकार्य गरेको थियो । त्यसअघि संवैधानिक व्यवस्था अनुसार लोक सेवा आयोगसँग पूर्वअनुमति मागिएको थियो । राष्ट्र बैंकमा अवकाशका तीन नीति प्रचलनमा सेवा अवधि ३० वर्ष, उमेर ५८ वर्ष तथा विशिष्ट श्रेणीमा सात र प्रथम श्रेणीमा १२ वर्षको पदावधि राखिएको छ ।

अहिले नेपाल सरकारले बिभिन्न संघीय सरकारी सेवाहरुमा पनि ऐन विधेयक तर्जुमा गरिरहेको बताउँदै लोकसेवा आयोगका सहसचिव एवम् प्रवक्ता लक्ष्मी विलास कोइरालाले त्यसमा अवकाश सम्वन्धी जस्तो नीति लिन्छ त्यही अनुसार गर्नू, अहिलेलाई परिवर्तन नगर्नू भनेर पठाइदिएको जानकारी दिएका छन् ।

नेपाल राष्ट्र बैंकको कर्मचारी विनियमावलीको विनियम (१११) मा ३० वर्षे सेवा अवाधिको प्रावधान राखिएको छ । सञ्चालक समिति सदस्य रामजी रेग्मी नेतृत्वको जनशक्ति योजना सम्बन्धी सुझाव दिन गठित समितिको प्रतिवेदन अनुसार राष्ट्र बैंकले ३० वर्षे सेवा अवधि हटाएर सेवा अवकाश ५८ वर्षे उमेर हदकायम राख्ने तयारी गरेको थियो । त्यसविरुद्ध नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दल निकटका कर्मचारीहरुले आन्दोलन नै गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *