हुन्डाईको पुराना गाडीसँग नयाँ साट्न पाइने

भक्तपुर न्यूज

२६ कार्तिक २०७४ १:०९

हुन्डाईको पुराना गाडीसँग नयाँ साट्न पाइने

काठमाडौ, २६ कात्तिक । नेपालका लागि हुन्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले एक साता लामो एक्सचेन्ज अफर ल्याएको छ। कात्तिक २६ गते आईतबारदेखि मङ्गसिर २ गते शनिबारसम्म सबै स्वरूम मार्फत १० बजेदेखि ६ बजेसम्म हुन्डाईका पुराना गाडीसँग नयाँ साट्न पाइने कम्पनीले जनाएको छ।

कम्पनीले दिएको जानकारी अनुसार सबै मोडलहरुमा लागू हुने गरि राष्ट्रब्यापी रुपमा यो अवसर प्रदान गरिएको हो। ग्राहकलाई आफ्ना सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर आएको भन्दै कम्पनीले लाभ लिन आग्रह गरेको छ।

त्यस्तै ग्राहकसामु ६ लाख २० हजारसम्मको लाभ लिन मिल्ने योजना अन्तर्गत कम्पनीले विभिन्न उपहार, नगद छुट, स्पट फाइनान्स, बिमा, ४ वर्ष फ्रि सर्भिस, ३ वर्षको वारेन्टी, २० हजार सम्मको लोयल्टी बोनस, एक लाखसम्मको एक्सचेन्ज बोनस हरेक गाडीको बिक्रीसँगै प्रदान गर्ने जनाएको छ।

सो एक्सचेन्ज कार्यक्रमबारे जानकारी दिँदै लक्ष्मी इन्टरकन्टिनेन्टलका सेल्स एण्ड मार्केटिङ डिजिएम रुपेष शर्मा भट्टले उत्कृष्ट सुविधा प्रदान गर्न हुन्डाई सधै तल्लीन रहने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *