चुनावी घोषणापत्र सार्वजनिक गर्यो क्रान्तिकारी माओवादीले

भक्तपुर न्यूज

२२ कार्तिक २०७४ १०:१६

चुनावी घोषणापत्र सार्वजनिक गर्यो क्रान्तिकारी माओवादीले

काठमाडौं २२ कार्तिक। मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी माओवादीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौमा एक कार्यक्रम आयोजना गरी पार्टीका नेता तथा चुनावी मोर्चाका अध्यक्ष सीपी गजुरेल घोषणापत्र सार्वजनिक गरेका हुन् ।

२८ बुँदालाई १४ पेजमा समेटिउको सो घोषणापत्रमा संसदबादी दलहरुलाई यथास्थितिबादीको आरोप लगाइएको छ । अहिलेको संघीय संरचना गलत रहेको उल्लेख उल्लेख गर्दै संविधान अपुरो रहेको तथा परराष्ट्र नीति पञ्चशिलको आधारमा हुनुपर्ने सर्वमान्य मान्यता कुल्चदै त्यसविपपरित संविधान मौन रहेको जनाइएको छ । अहिलेका प्रमुख भनिएका राजनीतिक दलहरु चुनावपछि पनि नसच्चिने भएकाले मुलुकको बैकल्पिक शक्ति नै माओवादी क्रान्तिकारी भएको दावी घोषणापत्रमा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *