चरेससहित यूक्रेनी नागरिक पक्राउ
काठमाडौं, २२ कार्तिक । स्पोर्टस् सुज र चेबनप्रासको बट्टामा लुकाएर त्रिभुवन बिमानस्थलबाट चरेस पास गराउन खोज्दा एक युक्रेनी नागरिक पक्राउ परेका छन् । दुई किलो चरेससहित त्रिभुवन विमानस्थलबाट ४२ वर्षीय ओलेक्सी लोलेन्कोलाई पक्राउ गरेको हो । उनलाई प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
त्रिभुवन विमानस्थलमा जेट एयरवेजको ६५२ नं. को उडानबाट मुम्बई हुँदै यूक्रेन जान लागेका ओलेक्सीको सुटकेश चेकजाँचका गर्दा स्टाइलिस्ट स्पोर्ट जुत्ता र डाबर च्याबनप्रासको डिम्बामा २ किलो चरेस लुकाइ राखेको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ ।
पक्राउ परेका ओलेक्सीलाई लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरमै राखेर थप अनुसन्धान सुरु गरिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७
पनौतीको १४२१ वर्ष पुरानो हिले जात्रा सुरु
२७ जेठ २०८२ १४:४६
मनसुन ब्रेक : अझै केही दिन फैलिने सम्भावना देखिँदैन
२७ जेठ २०८२ १४:४८