पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्रको नमुना सार्बजनिक

भक्तपुर न्यूज

२१ कार्तिक २०७४ ८:५१

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्रको नमुना सार्बजनिक

भक्तपुर, २१ कार्तिक । निर्वाचन आयोगले मंसिर १० गते हुने पहिलो चरणको निर्वाचन हुने प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको जिल्लागत मतपत्रको नमुना सार्बजनिक गरेको छ ।
आयोगले पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुको लागि मतपत्र छाप्ने काम पनि सम्पन्न भएको समेत जनाएको छ । सर्बोच्च अदालतको आदेशपछि आयोगले प्रत्यक्ष तर्फको निर्वाचनको लागि अलग अलग मतपत्रको ब्यबस्था गरेको हो ।
यस पटक आयोगले प्रत्यक्ष तर्फ उम्मेदवारहरुको अन्तिम टुंगो लागेपछि मतपत्र छापेकोले मतपत्रमा जति उम्मेदवार हुने हो त्यति नै चिन्ह छन् । यसबाट बदर मत घट्ने आयोगको अपेक्षा छ । यस अनुसार सबै भन्दा कम मतदाता रहेको मनाङको मतपत्र २ वटा चिन्ह मात्र छन् । त्यहाँ प्रतिनिधि सभा तर्फ १ निर्वाचन क्षेत्र र प्रदेश सभा तर्फ २ निर्वाचन क्षेत्र छ । ३ वटै क्षेत्रको मतपत्रमा २ वटा मात्र चिन्ह छन् ।
पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरूमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजृुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, रुकुम (पूर्वी भाग), रोल्पा, रुकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी रहेका छन् ।

तपाइको जिल्लाको मतपत्रमा कति चिन्ह छन् हेर्नको लागि यहाँ क्लिक गर्नु होला  ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *